काभ्रेली साहित्यकार लाकोजूलाई बम सरस्वती पुरस्कार

नौलो समाचार संवाददाता
२०७७ चैत्र २२, आईतबार मा प्रकाशित १००१ पटक पढिएको
काभ्रेली साहित्यकार लाकोजूलाई बम सरस्वती पुरस्कार

चैत २२, काभ्रे। धवलागिरि साहित्य प्रतिष्ठानबाट हरेक वर्ष प्रदान गर्दै आएको बम सरस्वती स्मृति पुरस्कार यस वर्ष साहित्यिकार सूर्यप्रसाद लाकोजूलाई प्रदान गरिएको छ। उनलाई नेपाली भाषा र साहित्यको विकाश, साहित्यिक संगठन, साहित्यिक पत्रकारिताको माध्यमबाट साहित्यको श्रीबृद्धिमा योगदान गरेबापत नगद दश हजारसहितको बम सरस्वती स्मृति पुरस्कार प्रदान गरेको हो।

साथै काजी रोशन साहित्यिक पुरस्कारबाट डा. षडानन्द पौडेल पुरस्कृत भएका छन्। काजी रोशन काव्य साधना कृतिका लागि सो पुरस्कार पौडेललाई प्रदान गरिएको हो। दुवैलाई सम्मानपत्र, दोसल्ला र नगदसहित प्रमुख डा. रामप्रसाद उपाध्याय र धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनबाट पुरस्कार समर्पण गरिएको थियो।

बागलुङमा आयाेजित सोही समारोहमा राधिका कल्पितको बरफका कोइला नामक कृतिको विमोचन पनि गरिएको थियो। कार्यक्रममा डा. रामप्रसाद उपाध्याय, साहित्यकार काजी रोशन, सूर्यप्रसाद लाकोजू, षडानन्द पौडेल, गायक विजयराम कर्माचार्य, राधिका कल्पित, गणनाथ पौडेल, चन्द्रबहादुर लामिछाने लगायतले आआफ्ना मन्तव्य व्यक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस