विशाल राईकाे सुमधुर स्वरमा ‘नेपाली नारी’ गीतकाे भिडियो सार्वजनिक

नौलो समाचार संवाददाता
२०७७ चैत्र २६, बिहिबार मा प्रकाशित ७०९ पटक पढिएको
विशाल राईकाे सुमधुर स्वरमा ‘नेपाली नारी’ गीतकाे भिडियो सार्वजनिक

चैत २६, काभ्रे। चर्चित संगितकार सुरेश अधिकारीकाे संगीतले सजिएकाे उत्कृष्ट गीत नेपाली नारीकाे भिडियो सार्वजनिक भएको छ ।

गायक विशाल राईकाे सुमधुर स्वर रहेको गीतकाे भिडियोमा अादित्य बुढाथोकीले निर्देशन गरेका छन् । भिडियोमा चर्चित माेडल दृश्य सुवेदी र साेनिसा बजगाईकाे साथमा अतिथि कलाकारकाे रुपमा चर्चित कलाकार भुवन चन्द , चर्चित व्यक्तित्वहरु इन्दिरा राना मगर, रुपा खड्का भट्टराई,  गीता अधिकारी, रेखा शर्मा चाैधरी, शर्मिला बान्तवाकाे अाकर्षक अभिनय रहेकाे छ ।

गीति एल्वम सेन्मीमा समावेश भएको नेपाली नारीमा विशाल राईकाे स्वर, शब्द , संगित सुरेश अधिकारीकाे रहेकाे छ । म्युजिक नेपालले बजारमा ल्याएकाे गितकाे भिडियाेमा छायांकन मुकेश हुमागाई, श्रृङ्गार कविता ताेलाङ्गी, सम्पादन पदम सुवेदी, नृत्य प्रशान्त तामाङ  र सह निर्देशन अमरकृष्ण चन्दकाे रहेकाे छ ।

भिडियो सार्वजनिक भएको छाेटाे समयमा नै चर्चा बटुल्न सफल गितका रेकर्डिङ , मिक्सिङ कृष्ण महर्जन , सुशीलविक्रम रानाकाे रहेकाे छ भने गितकाे एरेन्ज महाराज थापाले गरेका छन् । निर्देशक बुढाथोकी भिडियो उत्कृष्ट बनेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस