काभ्रेमा आज १ जनामा कोरोना संक्रमण पुष्टी, ३ जना डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७७ चैत्र २६, बिहिबार मा प्रकाशित २५७ पटक पढिएको
काभ्रेमा आज १ जनामा कोरोना संक्रमण पुष्टी, ३ जना डिस्चार्ज

चैत २६, काभ्रे । काभ्रे जिल्लामा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका संक्रमित धुलिखेल नगरपालिकाका रहेका छन् ।

योसँगै काभ्रेमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ३४ सय ०४ पुगेको छ ।

जिल्लामा अहिले १० जना महिला र ११ जना पुरुष गरी २१ जना सक्रिय कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका काभ्रेले जनाएको छ । कार्यालयका अनुसार ६ जना अस्पताल आइसोलेसन र १५ जना होम आइसोलेसनमा उपचार गराइरहेका छन् ।

कोरोनाका कारण काभ्रेमा हालसम्म ६३ जनाको मृत्यु भैसकेको छ , जसमध्ये काभ्रे जिल्लका ४५ जना छन् भने अन्य जिल्लाका १८ जना रहेका छन् ।

थप विवरण हेर्नुहोस :-


प्रतिक्रिया दिनुहोस