बिमला हुमागाईको राष्ट्र प्रेम समेटिएको गीत ‘जय नेपाल जननी’ सार्वजनिक (भिडियो)

नौलो समाचार संवाददाता
२०७८ बैशाख १३, सोमबार मा प्रकाशित ११६७ पटक पढिएको
बिमला हुमागाईको राष्ट्र प्रेम समेटिएको गीत ‘जय नेपाल जननी’ सार्वजनिक (भिडियो)

बैशाख १३, काभ्रे । निर्देशक आदित्य बुढाथोकीको निर्देशनमा साहित्यकार तथा गीतकार बिमला हुमागाईको राष्ट्र प्रेमको भावना समेटिएको गीति भिडियो ‘जय नेपाल जननी’ सार्वजनिक भएको छ ।

राष्ट्र र राष्ट्रियता प्रति समर्पित ‘जय नेपाल जननी’ बोलको गीतको भिडियोमा डा. उत्तम उपाध्याय न्यौपाने र विमला हुमागाईँको शब्द रहेको छ भने अश्मिता अधिकारीको सुमधुर कर्णप्रिय स्वर रहेको छ । नवीन कार्कीको लय सिर्जना, विशाल निरौलाको संगीत संयोजन रहेको छ ।

राष्ट्र प्रेम अनि राष्ट्रियतालाई सम्मान गर्नुपर्ने सन्देश बोकेको गिती भिडियो ‘जय नेपाल जननी’ बोध नलेज इन्टरटेन्मेन्टको प्रस्तुति उक्त भिडियोमा गीतका विमला हुमागाई र दिन्दयल रेग्मीको अभिनय रहेको छ भने दिपेन बस्नेतको सुन्दर दृश्य कैद गरेका छन् । अत्यन्तै आकर्षक भिडियोमा यमुना पाण्डेको श्रृङ्गार, पदम सुवेदीको सम्पादन, मिलन विश्वकर्माको कलरिङ रहेको छ ।

बुढाथोकी निर्देशित भिडियोलाई बोध नलेजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

हेर्नुहोस भिडियो :-


प्रतिक्रिया दिनुहोस