सिन्धुपाल्चोकमा आंशिक ‘लकडाउन’

नौलो समाचार संवाददाता
२०७८ बैशाख १८, शनिबार मा प्रकाशित ७८४ पटक पढिएको
सिन्धुपाल्चोकमा आंशिक ‘लकडाउन’

बैशाख १८, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा कोरोेना भाइरसको दोस्रो लहरमा संक्रमितको संख्या बढ्दै गएपछि बजार क्षेत्रमा आंशिक लकडाउन गरिने भएको छ ।

शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमित बढ्दै गएपछि जिल्लाका मुख्य बजारमा लकडाउन गर्ने निर्णय गरेको हो । चौतारा, मेलम्ची, खाडिचौर र बाह्रबिसेका पसल व्ययवसाय बिहान १० बजेसम्म मात्रै सञ्चालन गर्न दिईने भएको छ । अत्यावश्यक बाहेक उक्त बजारका स्थानीयलाई घर बाहिर ननिस्कन पनि समितिले आग्रह गरेको छ ।

साथै होटल, रेष्टुरेन्ट सञ्चालन गर्दा पूर्ण स्वास्थ्यमापदण्ड पालना गरेर गराउन समेत बैठकले आग्रह गरेको छ । साथै जिल्ला प्रवेश गर्ने नाकाहरुमा हेल्थ डेस्कको स्थापना गरि कडाइ गरिने भएको छ ।

यो जिल्लामा संक्रमितको संख्या ५७ जना मात्र रहेको छ।


प्रतिक्रिया दिनुहोस