आज ४ हजार २२ जना कोरोना संक्रमित निको भए, ८ हजार ८५० संक्रमित थपिए

८८ जनाको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ बैशाख २६, आईतबार मा प्रकाशित ५१३ पटक पढिएको
आज ४ हजार २२ जना कोरोना संक्रमित निको भए,  ८ हजार ८५० संक्रमित थपिए

बैशाख २६, काठमाडौं।  नेपालमा एकैदिन चार हजार भन्दा बढी कोरोनामुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार २२ जना कोरोनामुक्त भएका हुन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ लाख २ हजार ७८७ पुगेको छ।

यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८५० जना संक्रमित थपिएका छन्। पीसीआर र एन्टिजेन परीक्षणबाट उनीहरूमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ८ हजार ७७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १८ हजार ७८७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।

यस्तै, देशका विभिन्न ठाउँमा ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना भाइरस संक्रमणको संकेत (एन्टिजेनट पोजिटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।

८८ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ८८ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७ सय २० पुगेको छ ।


प्रतिक्रिया दिनुहोस