राष्ट्रिय आविष्कार केन्द्रलाई ‘सिडेन’को आर्थिक सहयोग

नौलो समाचार संवाददाता
२०७८ बैशाख ३०, बिहिबार मा प्रकाशित १६२४ पटक पढिएको
राष्ट्रिय आविष्कार केन्द्रलाई ‘सिडेन’को आर्थिक सहयोग

बैशाख ३०, काभ्रे। महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल’ (CDEN)ले आर्थिक सहयोग गरेको छ। कोरोना महामारीका बिच स्वास्थ्य संकटमा सहयोग पुर्र्याउने उदेश्यले सिडेनले आविष्कार केन्द्रलाई १ लाख १ हजार १०१ रुपैया हस्तान्तरण गरेको छ।

संकटको समयमा आविष्कार केन्द्रले अक्सिजन सिलिन्डर जोहो गर्ने, विभिन्न अस्पतालका बिग्रेर थन्केका भेन्टिलेटर र आइसियू मर्मत गर्ने र अक्सिजन उत्पादक कम्पनीमा आइपरेका प्राविधिक समस्या समाधान गर्ने काम गरिरहेको र त्यो काममा अझै बल पुगोस भन्ने कुरा मनन गरी उक्त कार्यको सम्मान गर्दै आर्थिक सहयोग गरेको सिडेनका कोषाध्यक्ष ई. श्याम दाहालले जानकारी दिनुभयो।

एक कार्यक्रमका विच सिडेनका अध्यक्षले राष्ट्रिय आविस्कार केन्द्रलाई उक्त नगद हस्तान्तरण गरेका थिए ।

यस विपत्तको बेला महावीर पुनले सञ्चालन गर्नुभएको महाअभियानमा सदैव प्राविधिक र नैतिक सहयोगका लागि तत्पर रहेको ‘सिडेन’ ले प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस