देशभर ६ हजार ६४८ जनाले जिते कोरोना, संक्रमित र मृतक संख्या कति ?

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २, आईतबार मा प्रकाशित ७२१ पटक पढिएको
देशभर ६ हजार ६४८ जनाले जिते कोरोना, संक्रमित र मृतक संख्या कति ?

जेठ २, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म तीन लाख ३९ हजार ७५६ जना निको भइसकेका छन्।

७ हजार ३६८ जनालाई संक्रमण पुष्टि

आज देशभर सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको पिसिआर र ३४४ जनाको एन्टीजेन परीक्षणमा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको छ।

पिसिआर विधिबाट सात हजार ३१६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ। देशभर ७०१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

१४५ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा १४५ जना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या पाँच हजार १ पुगेको छ।


प्रतिक्रिया दिनुहोस