देशभर ५ हजार ७६७ जना व्यक्ति निको, नयाँ संक्रमितको संख्या ९२४७

२१४ जना संक्रमितको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ३, सोमबार मा प्रकाशित ९०३ पटक पढिएको
देशभर ५ हजार ७६७ जना व्यक्ति निको, नयाँ संक्रमितको संख्या ९२४७

जेठ ३, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६७ जना व्यक्ति निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ४५ हजार ५२३ जना संक्रमित निको भएका छन्।

९ हजार २४७ जना संक्रमित

आज देशभर ९ हजार २४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टीजेन परीक्षणमा ९ हजार २४७ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट ९ हजार १९८ र एन्टीजेन विधिबाट ४९ जना संक्रमित पुष्टि भएका हुन्।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ।

२१४ को मृत्यु

२४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म पाँच हजार २१५ जनाको मृत्यु भएको छ।
यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ। ७०८ जना व्यक्ति क्वारेन्टाइनमा छन्।


प्रतिक्रिया दिनुहोस