देशभर आज ६ हजार ८९१ जनाले जिते कोरोना, ८ हजार २ सय ३ जनामा संक्रमण पुष्टि

थप १ सय ९६ जनाको मृत्यु,
नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ४, मंगलबार मा प्रकाशित ७२३ पटक पढिएको
देशभर आज ६ हजार ८९१ जनाले जिते कोरोना, ८ हजार २ सय ३ जनामा संक्रमण पुष्टि

जेठ ४, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ३ लाख ५२ हजार ४१४ जना संक्रमित निको भइसकेका छन्।

१ सय ९६ जनाको मृत्यु

कोरोनाभाइरस (कोभिड १९)बाट १ सय ९६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ५ हजार ४ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

८ हजार २०३ जनालाई संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पिसिआर र ६९३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार २०३ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट ८ हजार १३६ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि भएका हुन्।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार ५२९ पुगेको छ।


प्रतिक्रिया दिनुहोस