पछिल्लो २४ घण्टामा ७ हजार ९८९ संक्रमित निको भए, २४६ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ५, बुधबार मा प्रकाशित ४४० पटक पढिएको
पछिल्लो २४ घण्टामा ७ हजार ९८९ संक्रमित निको भए, २४६ जनाको मृत्यु

जेठ ५, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर सात हजार ९८९ जना कोराना संक्रमित निको भएका छन्।

योसँगैँ नेपालमा हालसम्म तीन लाख ६० हजार ४१३ जना संक्रमित निको भईसकेका छन्।

८ हजार १७३ जना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७३ जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्।

पिसिआर विधिबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट परीक्षण गर्दा १०९ जना व्यक्ति संक्रमित पुष्टि भएका छन्।

२४६ जनाको मृत्यु

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार ६५७ जना संक्रमितको मृत्यु भएको छ।

देशभर ८४४ जना क्वारेन्टाइन्टमा रहेका छन्। देश भर सक्रिय संक्रमितको संख्या एक लाख २२ हजार ७०२ पुगेको छ।


प्रतिक्रिया दिनुहोस