चौरीदेउरालीमा श्रीमतीको हत्या गरी खाडलमा पुर्ने श्रीमान पक्राउ

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ६, बिहिबार मा प्रकाशित ८६५ पटक पढिएको
चौरीदेउरालीमा श्रीमतीको हत्या गरी खाडलमा पुर्ने श्रीमान पक्राउ

जेठ ६, काभ्रे। आफ्नै श्रीमती हत्याको अभियोगमा चौरीदेउराली गाउँपालिका वडा नम्वर-९ स्थित गोठपानी कालीमाटीका सोनाम लामा पक्राउ परेका छन्।

२२ बर्षिया श्रीमती सुमिना गुरुङ्गको हत्या गरी खाल्डो खनेर पुर्ने श्रीमान २८ बर्षिय सोनाम लामा र ससुरा ६६ बर्षिय चन्द्रबज्र लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुमिना २०७८ जेठ १ गते दिउँसैदेखि गाउँबाट हराएकाले स्थानीयहरुको सहयोगमा खोजतलास शुरु गरिएको थियो ।

प्रहरीका अनुसार सोनाम लामालाई पक्राउ गरिसकेपछि मृतक सुमिना गुरुङको शव खाल्डो खनि गाडिएको भनेर बताएपछी प्रहरीको सक्रियतामा खोतालास गरेपछि मकै बारीमा गाडिएको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीले सुमिनाको शव गाडिएको स्थानबाट उत्खनन गरी पोस्ट मार्टमका लागी पठाएको छ।

साविक गोठपानी गाविस वडा नम्वर १ हालको चौरीदेउराली गाउँपालिका वडा नम्वर ९ स्थित गोठपानी कालिमाटी भन्ने स्थानमा तनहुँ जिल्ला साविक बन्दीपुर गाविस वडा नम्वर ६ घर भई हाल बन्दीपुर नगरपालिका वडा नम्वर ४ लोही माईतीघर भएकी २२ बर्षिया सुमिना गुरुङ्ग लामाको सोनाम लामासँग २०७६ सालमा प्रेम विवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस