जेठ ६, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना व्यक्तिमा कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ६६ हजार ९४६ संक्रमित निको भई डिस्चार्ज भइसकेका छन्।
८ हजार ३०५ संक्रमित
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २१ हजार ६९५ जनाको पीसीआर र ३९३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ हजार ३०५ जना संक्रमित पुष्टि भएका छन्। पिसिआरबाट आठ हजार २२७ र एन्टीजेन विधिबाट ७८ संक्रमित पुष्टि भएका हुन्।
१९० जनाको मृत्यु
२४ घण्टामा १९० जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ५ हजार ८४७ जनाको मृत्यु भएको छ।
यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार ८५२ पुगेको छ।
प्रतिक्रिया दिनुहोस