देशभर ७ हजार ८९० जना कोरोना संक्रमित निको भए, थपिए ८ हजार ६०७ संक्रमित 

१७७ जना संक्रमितको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार मा प्रकाशित ४१२ पटक पढिएको
देशभर ७ हजार ८९० जना कोरोना संक्रमित निको भए, थपिए ८ हजार ६०७ संक्रमित 

जेठ ७, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप साढे ७ हजार जना कोरोना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उपचाररत ७ हजार ८९० जना कोरोना संक्रमणमुक्त भएका हुन्।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ।

थपिए ८ हजार ६०७ संक्रमित 

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २३ हजार २२६ जनाको पिसिआर र ८७३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ६०७ जनामा संक्रमण भेटिएको छ।

१७७ जना संक्रमितको मृत्यु

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १७७ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ६ हजार २४ जना संक्रमितको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस