भुम्लु गाउँपालिकामा आम्दानी गुमाएका विपन्न परिवारलाई राहतस्वरुप खाद्यान वितरण

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १०, सोमबार मा प्रकाशित ६२४ पटक पढिएको
भुम्लु गाउँपालिकामा आम्दानी गुमाएका विपन्न परिवारलाई राहतस्वरुप खाद्यान वितरण

जेठ १०, काभ्रे। जिल्लाको विकट भुम्लु गाउँपालिकाको वडा नम्बर २ र ३ मा राहतस्वरुप खाद्यान वितरण गरिएको छ । कोरोना महामारीको कारण रोजगारी, आम्दानी गुमाएका विपन्न परिवारलाई राहतस्वरुप खाद्यान वितरण गरिएको हो ।

आईतबार भुम्लु गाउँपालिकाको दुवै वडाका ३ सय ५० विपन्न परिवारलाई चामल, नुन, तेल लगायतका खाद्यान वितरण हो। सोही समयमा माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री समेत वितरण गरिएको थियो।

सामाजिक दुरी र स्वास्थ्य मापदण्ड कायम गर्दै राहत वितरण गरिएको थियो। राहतस्वरुप खाद्यान लगाएतका सामग्रीहरु पाउदा स्थानीय खुसि देखिन्थे।

नेपाली कांग्रेस तरुण विभाग बागमती प्रदेशको उप-संयोजक तथा नेपाल तरुण दल काभ्रेका सभापति दावा लामाले खाद्यान उक्त राहतस्वरुप वितरण गर्नुभएको हो। उहाले उनले गतबर्ष कोरोना संक्रमणका कारण गरिएको लकडाउनको समयमा पनि न्यून आय भएका परिवारलाई राहत सामाग्री वितरण गर्नुभएको थियो। लामाले जिल्लाका विभिन्न स्थानमा यस्तो सहयोग गर्दै आउनुभएको छ।

सभापति लामाले आफ्नो अभियानमा विभिन्न व्यक्तिहरुले सहयोग गरेको भन्दै भुम्लु गाउँपालिकाका सबै वडा र जिल्लाका विभिन्न स्थानमा आवस्यकताका आधारमा वितरण गर्ने बताउनुभयो।


प्रतिक्रिया दिनुहोस