देशभर कोरोना जित्नेको संख्या बढ्दै, आज ७ हजार १३५ जना संक्रमित निको भए

१८५ जनाको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १०, सोमबार मा प्रकाशित ८५३ पटक पढिएको
देशभर कोरोना जित्नेको संख्या बढ्दै, आज ७ हजार १३५ जना संक्रमित निको भए

जेठ १०, काठमाडौं। आज (सोमबार) देशभर ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर र ६०७ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ४२५ जनामा संक्रमण भेटिएको हो।

पिसिआर विधिबाट ७ हजार २२० र एन्टीजेन विधिबाट २०५ जना संक्रमित पुष्टि भएका हुन्।

१८५ जना संक्रमितको मृत्यु

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १८५ जना संक्रमितको मृत्यु भएको छ।

७ हजार १३५ जना संक्रमण मुक्त 

सोमबार देशभर ७ हजार १३५ जना संक्रमित निको भएका छन्।

देशभर ९२४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस