देशभर संक्रमित भन्दा निको हुनेको संख्या बढ्दै, एकैदिन ७ हजार २२६ जनाले जिते कोरोना

१०६ जनाको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १३, बिहिबार मा प्रकाशित ५४६ पटक पढिएको
देशभर संक्रमित भन्दा निको हुनेको संख्या बढ्दै, एकैदिन ७ हजार २२६ जनाले जिते कोरोना

जेठ १३, काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ९३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको २० हजार ४१४ जनाको पीसीआर र ५७८ जनाको एन्टिजेन परीक्षणका क्रममा ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यसैगरी, २४ घण्टामा ७ हजार २२६ जना संक्रमित निको भएका छन्।

देशभर हाल १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १०६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ। देशभर एक हजार ९ जना क्वारेन्टाइनमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस