काभ्रेमा आज १७६ जनाले जिते कोरोना, ६४ जनालाई संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार मा प्रकाशित ७२० पटक पढिएको
काभ्रेमा आज १७६ जनाले जिते कोरोना, ६४ जनालाई संक्रमण पुष्टि

जेठ १५, काभ्रे। काभ्रेमा आज १७६ जनाले कोरोना भाइरस (कोभिड-१९) लाई जित्दै संक्रमण मुक्त भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा १७६ जना संक्रमण मुक्त भएका हुन्।

यस्तै आज (शनिबार) काभ्रेमा ६४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लामा थपिएका जम्मा ६४ मध्ये भुम्लु गाउँपालिकाका सबै भन्दा धेरै ३८ जना संक्रमित थिएका छन्।

यस्तै,  मण्डनदेउपुर नगपालिकामा १८ जना र पनौतीमा ८ जना गरी जम्मा ६४ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो। अन्य नगरपालिका तथा गाउँपालिकाको विवरण प्राप्त भएको छैन।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ४८२ रहेको छ। जसमा १०८६ जना महिला र १३९६ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ८ हजार ५०४ पुगेको कार्यालयले जनाएको छ।

८ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा ८ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा ४ जनाको मृत्यु भएको छ भने अन्य ४ जनाको यस अघिका विभिन्न मितिमा मृत्यु भएको थियो। उनीहरु चारै जना तेमालका रहेका छन्।

आज मृत्यु हुनेमा धुलिखेलका ६३ र ४९ वर्षीय पुरुष, मण्डन देउपुरका ५० वर्षीय पुरुष, सिन्धुपाल्चोकका ३८ वर्षीय महिला रहेका छन्। यस्तै अन्य ४ जना तेमालका ५२, ५६, ६२ र ८१ वर्षका पुरुष रहेका छन्। उनिहरुको धुलिखेल र काठमाडौंका विभिन्न अस्पतालमा मृत्यु भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस