देशभर घटना थाल्यो संक्रमण दर, आज ६२०५ जना संक्रमित निको भए

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १६, आईतबार मा प्रकाशित ५६४ पटक पढिएको
देशभर घटना थाल्यो संक्रमण दर, आज ६२०५ जना संक्रमित निको भए

जेठ १६, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ६ हजार २०५ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ७९ दशमलब २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म देशभर ४ लाख ४० हजार ९५५ संक्रमित निको भइसकेका छन्।

४ हजार ३६८ जना संक्रमित

त्यसैगरी, आज ४ हजार ३६८ जना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९८६ जनाको पिसिआर र १ हजार ७८४ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआर मार्फत ३ हजार ७०२ जना र एन्टीजेटमाफर्त ६६६ जना संक्रमित पुष्टि भएका हुन्।

देशभर एक लाख ८ हजार ८९७ जना संक्रमित रहेका छन्। तीमध्ये ७ हजार ५६३ जना संस्थागत र एक लाख १ हजार ३३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

४ हजार ३६८ जना संक्रमित 

पछिल्लो २४ घण्टामा देशभर १०९ जना संक्रमितको मृत्यु भएको छ। देभभर ७६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस