देशभर ६ हजार ४९१ जना संक्रमित निको भए, ४ हजार ७६२ जनालाई संक्रमण

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १७, सोमबार मा प्रकाशित ७९० पटक पढिएको
देशभर ६ हजार ४९१ जना संक्रमित निको भए, ४ हजार ७६२ जनालाई संक्रमण

जेठ १७, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४९१ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुने दर ७९ दशमलब ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म देशभर ४ लाख ४७ हजार ४४६ संक्रमित निको भइसकेका छन्।

४ हजार ७६२ जनालाई संक्रमण

त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ७६२ जनालाई संक्रमण पुष्टि भएको छ।  देशका विभिन्न प्रयोगशालामा १५ हजार ५५ जनाको पिसिआर र २ हजार ४२५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार १७८ जना र एन्टीजेटमार्फत ५८४ जना संक्रमित पुष्टि भएका छन्।

देशभर एक लाख ६ हजार ४७० जना संक्रमित रहेका छन्।

११४ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ११४ जना संक्रमितको मृत्यु भएको छ। देभभर ६८९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको


प्रतिक्रिया दिनुहोस