देशभर ६ हजार ८९८ जना संक्रमित निको भए, ६ हजार ८५ थपिए

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १८, मंगलबार मा प्रकाशित ५३५ पटक पढिएको
देशभर ६ हजार ८९८ जना संक्रमित निको भए, ६ हजार ८५ थपिए

जेठ १८, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना कोरोना संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ६ हजार ८९८ जना निको भएका हुन्।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ जना पुगेको छ। यो कुल संक्रमण दरको ८० दशमलब २ प्रतिशत हो।

६ हजार ८५ संक्रमित थपिए

मंगलबार थप ६ हजार ८५ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ जना पुगेको छ।

६८ जनाको मृत्यु

यस्तै मंगलबार थप ६८ जनाको मृत्यु भएसँगै हालसम्म ७ हजार ४५४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।


प्रतिक्रिया दिनुहोस