पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु, २९१८ संक्रमित

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ३१, सोमबार मा प्रकाशित ७२८ पटक पढिएको
पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु, २९१८ संक्रमित

जेठ ३१, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१९ जनालाई परीक्षण गर्दा २९१८ जनामा संक्रमण पुष्टि भएको हो।

५३ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस