चन्द्रगिरी हिल्सको सेयर मूल्यमा अस्वभाविक चलखेल भएको निष्कर्श

नौलो समाचार संवाददाता
२०७८ अषाढ १, मंगलबार मा प्रकाशित १००१ पटक पढिएको

चन्द्रगिरी हिल्सको सेयर मूल्यमा अस्वभाविक चलखेल भएको निष्कर्श

असार १, काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्ययनले चन्द्रागिरी हिल्सको सेयर मूल्यमा अस्वभाविक चलखेल भएको देखाएको छ।

पछिल्लो समय केही सूचिकृत कम्पनीको सेयर मूल्यमा अस्वभाविक रुपमा चलखेल गरी मूल्य बढाइएको पाएपछि अनुसन्धान गरेको थियो। अस्वभाविक चलखेल गरेको सेयर मूल्यमा बढाउने ५१ कम्पनीमा चन्द्रागिरी हिल्स परेको छ।

वित्तीय अवस्था निकै कमजोर रहेको चन्द्रागिरीको सेयर मूल्यमा अस्वभाविक चलखेल देखिएको बोर्डको निष्कर्श रहेको छ।

हिल्सको वित्तीय अवस्था हेर्दा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ भने प्रति सेयर नेटवर्थ १४६ रुपैयाँ ५७ पैसा ऋणत्मक रहेको छ। प्रति सेयर नेटवर्थ ७९ रुपैयाँ ०९ पैसा रहेको छ।

आज(मंगलबार) कम्पनीको सेयर मूल्य प्रति कित्ता १७३१ रुपैयाँ रहेको छ।

बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताइएको छ।






प्रतिक्रिया दिनुहोस


↑