सिन्धुपाल्चोकमा बाढी बितण्डा: बेपत्ता भएका सात जनाको शव फेला

नौलो समाचार संवाददाता
२०७८ अषाढ २, बुधबार मा प्रकाशित ९६१ पटक पढिएको
सिन्धुपाल्चोकमा बाढी बितण्डा: बेपत्ता भएका सात जनाको शव फेला

असार २, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा बाढी र पहिरोमा परी बेपत्ता भएका सातै जनाको शव फेला परेको छ।

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले शव फेला परे पनि सनाखत हुन बाँकी रहेको बताए।

उनीहरू हेलम्बु–२ का हुन सक्ने उनको अनुमान छ। पहिरो र बाढीका कारण हिजो उक्त वडाका सात जना बेपत्ता भएका थिए।

प्रहरीले हिजो उद्धार गर्न निरन्तरको वर्षाका कारण सकेको थिएन। आज बिहान पानी पर्न रोकिएको र उद्धार गर्न सहज भएकोले डिएसपी प्रकाश सापकोटाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। उक्त टोलीले शव फेला पारेको हो।

शव फेला परेकामा २ जना महिलाको र पाँच जना पुरुषको रहेको डीएसपी सापकोटाले बताए।


प्रतिक्रिया दिनुहोस