पनौती नगरपालिकाले अगाडी बढायो सहयोगी हात, मेलम्ची नगरलाई १० लाख सहयोग गर्ने

नौलो समाचार संवाददाता
२०७८ अषाढ ४, शुक्रबार मा प्रकाशित ९५४ पटक पढिएको
पनौती नगरपालिकाले अगाडी बढायो सहयोगी हात, मेलम्ची नगरलाई १० लाख सहयोग गर्ने

असार ४, काभ्रे। काभ्रेको पनौती नगरपालिकाले छिमकी जिल्ला सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई आर्थिक सहयोग गर्ने भएको छ। आज बसेको नगरकार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो।

असार १ गते राती आएको बाढीले मेलम्ची नगरमा पारेको जनधनको क्षतीप्रति पनौती नगरपालिकाले गहिरो दु:ख प्रकट गरेको छ।

उक्त क्षतीप्रति मल्हम स्वरूप पनौती नगरपालिकाले मेलम्ची नगरपालिकालाई १० लाख राहत स्वरूप उपलब्ध गराउने निर्णय गरेको  नगरपालिकाको वेबसाइटमा उल्लेख गरिएको छ।

बाढीबाट बिस्थापित तथा संकटमा परेका परिवारहरुलाई पुन: स्थापना गर्न पनौती नगरकार्यपालिकाले १० लाख राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो। बाढीका कारण मेलम्ची नगरपालिकाको वडा नम्बर ६, १०, र ११ मा ठुलो क्षति पुगेको छ।

बाढीसँगै आएको माटो लेदोले बजारका घर दुई तल्लासम्म पुरेको छ भने बजार पूर्ण रुपमा बगरमा परिणत गरिदिएको छ।

प्रतिक्रिया दिनुहोस