नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या, देशभर सेवा अबरुद्ध

नौलो समाचार संवाददाता
२०७८ अषाढ ९, बुधबार मा प्रकाशित १७९८ पटक पढिएको
नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या, देशभर सेवा अबरुद्ध

असार ९, काठमाडौँ। नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ। बुधवार बिहानैदेखि काठमाण्डौसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ। तर, के कारण समस्या देखिएको भन्ने थाहा भएको छैन।

मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन्। यसअघि पनि बेला बेलामा टेलिकमको सेवामा समस्या हुने गरे पनि मर्मत पछि फेरि सेवा सुरु गरेको थियो।

फोन गर्दा नलाग्ने, कुरा गर्दा गर्दै बिचमै फोन काटिने, कुरा गर्दा नसुनिने लगाएतका समस्याहरु समाधान हुन सकेका छैन। आज देखिएको देखिएको समस्याका कारण सेवाग्राही थप मर्कामा परेका छन्।

प्रतिक्रिया दिनुहोस