पनौतीले थाल्यो रयालेबाट उन्नत जातको ‘अलैंची बिरुवा’ वितरण अभियान

नौलो समाचार संवाददाता
२०७८ अषाढ ९, बुधबार मा प्रकाशित १२३८ पटक पढिएको
पनौतीले थाल्यो रयालेबाट उन्नत जातको ‘अलैंची बिरुवा’ वितरण अभियान

असार ९, काभ्रे। पनौती नगरपालिकाले किसानलाई अलैँचीकोवितरण सुरु गरेको छ। आज (वुधबार) पनौती वडा नम्बर-१ रयालेका किसानलाई उन्नत जातको अलैंची बिरुवाहरु वितरणको सुरुवात गरिएको हो।

नगरप्रमुख भिम न्यौपानेले व्यावसायिक अलैँची खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले धेरै फल्ने उन्नत जातको अलैँचीको बिरुवाको वितरण सुरु गरिएको बताउनुभयो।

नगरपालिकाले ६० प्रतिशत आफ्नो लगानी र ४० प्रतिशत किसानको लगानीमा नयाँ प्रजातिको अलैंची विरुवा वितरण सुरु गरेको हो।

नगरप्रमुख भिम न्यौपानेले व्यावसायिक अलैँची उत्पादन गर्ने हिसाबले आज वडा नम्बर १ रयालेका किसानलाई उन्नत जातको अलैंची विरुवाहरु वितरण गरेर यो अभियानको सुरुवात गर्नुभएको हो ।

नगरपालिकाका कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले तोदे जातको अलैँचीको बिरुवामा रोगप्रतिरोधात्मक क्षमता उच्च रहेको र प्रतिफल पनि धेरै दिने जानाकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस