जोर बिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाईने, काठमाडौँमा निषेधाज्ञा एक साता थप्ने सहमति

नौलो समाचार संवाददाता
२०७८ अषाढ १३, आईतबार मा प्रकाशित १३०५ पटक पढिएको
जोर बिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाईने, काठमाडौँमा निषेधाज्ञा एक साता थप्ने सहमति

असार १३, काठमाडौँ। काठमाडौँ उपत्यकामा साता निषेधाज्ञा लम्ब्याउने र केही खुकुलो बनाउने सहमति भएको बताइएको छ।

निषेधाज्ञा थप गर्ने विषयमा भोलि(सोमबार) मात्र निर्णय हुने भएको छ। आज अपराह्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेपनि निष्कर्षमा पुग्न नसकेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिप्रसाद निरौलाले जानकारी दिनुभयो।

केहि विषयमा निर्णय हुन बाँकी रहेकाले भोलि फेरि संयुक्त बैठक बस्ने बताइएको छ।

तर बैठकमा एक साता निषेधाज्ञा लम्ब्याउने र केही खुकुलो बनाउने सहमति भएको बताइएको छ। निरौलाका अनुसार जोर बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन सन्चालन खुला गर्ने विषयमा सहमति भएको छ।

पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि सोमबार सकिँदैछ। काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा रहेको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा भने केही खुकुलो छ। निजी सवारी साधनहरुलाई जोर-बिजोर आधारमा सन्चालन गर्न दिइएको छ।


प्रतिक्रिया दिनुहोस