काठमाडौंमा जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुल्यो, सबै किसिमका पसल खोल्न पाईने

नौलो समाचार संवाददाता
२०७८ अषाढ १४, सोमबार मा प्रकाशित ७५८ पटक पढिएको
काठमाडौंमा जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुल्यो, सबै किसिमका पसल खोल्न पाईने

असार १४, काठमाडौं। काठमाडौं उपत्यकामा मंगलबार(भोलि)देखि जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन दिइने भएको छ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले स्वास्थ्य मापदण्ड पालन गरेर जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको हो ।

व्यवस्थित र स्वास्थ्य मापदण्ड पालन गरेर बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म २५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउन दिइने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

बैठकले काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय पनि गरेको छ । लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन । सबै किसिमका पसल बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ ।

काठमाडौं उपत्यकाको पछिल्लो साता जारी गरिएको निषेधाज्ञा सोमबार राति १२ बजेदेखि सकिँदैछ । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।


प्रतिक्रिया दिनुहोस