आजदेखि आन्तरिक उडान सुरु, विमानस्थलमा यात्रुको भिड

नौलो समाचार संवाददाता
२०७८ अषाढ १७, बिहिबार मा प्रकाशित ४९४ पटक पढिएको
आजदेखि आन्तरिक उडान सुरु, विमानस्थलमा यात्रुको भिड

असार १७, काठमाडौं। कोभिड-१९ महामारीका कारण बन्द भएको आन्तरिक हवाइ उडान आज (बिहीबार)देखि सुरु भएको छ । संक्रमण फैलिन नदिन सरकारले निषेधाज्ञा जारी गरेसँग वैशाख २०गतेबाट बन्द आन्तरिक उडान आजदेखि सुरु भएको हो ।

आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट मानिसहरूलाई काठमाडौं आउन र काठमाडौं बाहिर जान सहज भएको छ । हवाइ यात्रा मार्फत् विभिन्न ठाउँबाट काठमाडौं उत्रिएका यात्रुले फेसशिल्ड, मास्क र सेनिटाइजर लगायतको व्यवस्थासहित सुरक्षित तवरले विमानस्थल उत्रिएको प्रतिक्रिया दिनुभएको छ ।

उडान खुलेपछी विमानस्थलमा चहलपहल 

उडान खुलेको पहिलो दिन विमानस्थलमा भीडभाड बढेको देखिएको छ । स्वास्थ्य सावधानी अपनाउन यात्रु बीच भौतिक दुरीको पालना गराउन सकिएन भने कोरोना संक्रमणको जोखिम बढ्ने देखिन्छ । वर्षाको समयमा स्थलयात्रा गर्नका लागि सडकहरूमा बाढी, पहिरो र दुर्घटनाको जोखिम बढ्ने कारणले यात्रुहरूको रोजाइ हवाइमार्ग हुने गरेको छ ।

आज पहिलो दिनदेखि नै आन्तरिक टर्मिनल भवनमा यात्रुहरूको चाप बढेको छ । काठमाडौंमा यातायातको साधन जोरविजोर प्रणालीमा खुलेर मानिसहरूलाई आवतजावतमा रोक नलगाइँदा विमानस्थलमा मानिसलाई लिन जाने र पु¥याउन जानेहरूलाई सहज भएको छ ।


प्रतिक्रिया दिनुहोस