देशभर थपिए २७ सय ६० संक्रमित, ३३ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ अषाढ १७, बिहिबार मा प्रकाशित ४१९ पटक पढिएको
देशभर थपिए २७ सय ६० संक्रमित, ३३ जनाको मृत्यु

असार १७, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २७ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार १० हजार ९ सय ८५ जनामा भएको परीक्षणमा २५ दशमलव १२ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको हो । निषेधाज्ञा खुकुलो भए सँगै संक्रमितको संख्या विस्तारै उकालो लाग्न लागेको छ ।

यस्तै काठमाडौ उपत्यकामा ४ सय १९ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौका ३ सय १६, ललितपुरका ७४ र भक्तपुरका २९ जना रहेका छन् ।

उपत्यकापछि झापा ,मोरङ् , सुनसरी र कास्की जिल्लामा बढी संक्रमित भेटिएका छन् । सो अवधिमा ४ हजार १७ जनाले कोरोना संक्रमण जितेका छन् ।

यो सँगै हालसम्म नेपालमा कूल संक्रमितको संख्या ६ लाख ७९ हजार ५ सय ९ पुगेको छ भने ६ लाख १ सय ४९ जनाले संक्रमण जितेका छन् । हालसम्म कूल संक्रमित संख्याको ९३ दशमलव ७ प्रतिशत व्यक्ति संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । हाल देशभर ३१ हजार ३ सय ६८ जना सक्रिय संक्रमित छन् । जसमा २८ हजार ३ सय ७४ जना होम आइसोलेसनमा छन् भने २ हजार ९ सय ९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

तीमध्ये ६ सय २९ जना आइसियू र १ सय ८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस