कक्षा १२ को परीक्षा साउन अन्तिममा, भौतिक रूपमा नै परीक्षा चलाउने बोर्डको तयारी

नौलो समाचार संवाददाता
२०७८ अषाढ २०, आईतबार मा प्रकाशित ३५६ पटक पढिएको
कक्षा १२ को परीक्षा साउन अन्तिममा, भौतिक रूपमा नै परीक्षा चलाउने बोर्डको तयारी

असार २०, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ।

भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ।

बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै परीक्षाको प्रक्रिया अगाडि बढ्नेछ।

लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने बोर्डले जनाएको छ ।

केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार बोर्डको प्रस्तावमा छलफल गरेर मात्रै निर्णय हुनेछ ।

शिक्षा मन्त्रालयले परीक्षा स्थगित गर्ने निर्णय नगरेकोले परीक्षा सञ्चालनको अनुमतिसम्बन्धी निर्णय पनि सीसीएमसीबाट हुने मन्त्रालयले जनाएको छ ।

यसअघि जेठ २६ गतेबाट हुने गरी तय गरिएको कक्षा १२ को परीक्षा पनि सीसीएमसीले नै रोक्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस