प्राकृतिक प्रकोपले क्षति पुर्‍याएका निजी आवास सरकारले बनाइदिने, मेलम्चीमा २ वटा बेलिब्रीज राख्ने तयारी

नौलो समाचार संवाददाता
२०७८ अषाढ २०, आईतबार मा प्रकाशित ७३८ पटक पढिएको
प्राकृतिक प्रकोपले क्षति पुर्‍याएका निजी आवास सरकारले बनाइदिने, मेलम्चीमा २ वटा बेलिब्रीज राख्ने तयारी

असार २०, काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले मनसुनजन्य प्रकोपमा क्षति भएका घरको पुनर्निर्माण गरिने बताउनुभएको छ।

विपद प्रभावित निजी अवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम क्षति पुगेका आवासको पुनर्निर्माण गरिने पौडेलले बताउनुभएको हो।

राष्ट्रिय सभाको बैठकमा बोल्दै पौडेलले मनसुनजन्य घटनाबाट ५ सय ५ निजी घर पूर्णरुपमा क्षति भएको जानकारी दिनुभएको हो।

यस्तै उहाँले ३६ सरकारी कार्यालय, ९ विद्यालय तथा सामुदायिक भवन, १५ वटा पक्की मोटरेवल पुल, २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको बताउनुभएको छ।

मेलम्ची खानेपानी आयोजनामा जाने सडकमा क्षति पुगेकाले २ वटा बेलिब्रीज राख्ने तयारी गरिएको उहाँले राष्ट्रिय सभामा जानकारी दिनुभयो।

यस्तै बाढी पहिरोले देशभर ४२ वटा खानेपानी आयोजनामा र २५ जलविद्युत आयोजनामा आंसिक क्षतिपुगेको बताउनुभयो।

गृहमन्त्री पौडेलले गत वर्षको प्राकृतिक प्रकोपमा क्षति भएका ३९४९ परिवालाई प्रति परिवार पहिलो किस्ता वापत ५० हजार अनुदान रकम प्रदान गरिएको बताउनुभयो।

यस वर्ष क्षति भएका ५७२ घर परिवारका लागि तत्काल अस्थायी बसोबासका लागिप्रति परिवार ५० हजार जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस