असार २३, काभ्रे। पाँचखालमा किसानलाई अनुदानमा हाते ट्याक्टर बितरण गरिएको छ। पाँचखाल नगरपालिका वडा नं ७ र ९ का कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर बितरण गरिएको हो।
पाँचखाल नगरपालिका वडा नं ९ ले २५ वटा कृषक समूहलाई २५ वटा हाते ट्याक्टर वितरण गरेको छ। यस्तै पाँचखाल वडा नं ७ ले ७ वटा हाते ट्याक्टर र ४ वटा स्प्रे मेशिन कृषकलाई वितरण गरेको छ।
वडा नं ९ मा आयोजना भएको कार्यक्रममा वडा अध्यक्ष किरण श्रेष्ठले कृषि उपकरण वितरण गर्नुभएको थियो भने वडा नं ७ का भएको कार्यक्रममा वडा अध्यक्ष पुष्कर ढकालले कृषकहरुलाई सामाग्री हस्तान्तरण गर्नुभएको हो।
हस्तान्तरण कार्यक्रममा वडा अध्यक्षहरुले कृषिलाई आधुनिकिकरण र यान्त्रीकरण गर्न मेसीनरी औजारहरु वितरण गरेको जानकारी दिनुभयो। कृषि यन्त्रको सहयोगमा लागत कम लाग्ने तथा उत्पादन बढ्ने वडा अध्यक्षहरुको भनाई छ।
प्रतिक्रिया दिनुहोस