अपाङ्गता भएका व्यक्तिलाई बेथाचोक गाउँपालिकाको सहयोग, निःशुल्क बाख्रा वितरण

नौलो समाचार संवाददाता
२०७८ अषाढ २४, बिहिबार मा प्रकाशित ९४९ पटक पढिएको

अपाङ्गता भएका व्यक्तिलाई बेथाचोक गाउँपालिकाको सहयोग, निःशुल्क बाख्रा वितरण

असार २४, काभ्रे। जिल्लाको बेथानचोक गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण गरिएको छ। गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क बाख्रा वितरण गरेको हो ।

गाउँपालिकाका ६ वटा वडाका २४ जना आर्थिक कमजोर भएका अपांगता भएका व्यक्तिहरुलाई बाख्रा वितरण गरिएको बेथानचोक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जागकारी दिनुभयो।

अपाङ्गता भएका ब्यक्तिहरूको जीवीकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले निःशुल्क रुपमा उन्नत जातको बाख्रा वितरण गरिएको उहाँले बताउनुभयो।

पालिकाका उपाध्यक्ष एबं सिबिआर अनुगमन समितिका संयोजक सरिता लामिछानेले बाख्रा वितरण गर्नुभएको हो ।

पालिकाले नेपाल अपाङ्गमहिला संघ काभ्रेको आयोजनामा समुदायमा आधारित पुनर्स्थापना सिबिआर कार्यक्रम अन्तर्रगत बेथानचोक गाउँपालिकाका ६ वटा वडाका २४ जना आर्थिक अवस्था कमजोर भएका अपांगता भएका व्यक्तिहरुको बाख्रा वितरण गरेको नेपाल अपाङ्ग महिला संघ काभ्रेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस