देशभर १ हजार ४३२ जना संक्रमित निको भए, २ हजार १६९ जनामा संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७८ अषाढ २६, शनिबार मा प्रकाशित ७६३ पटक पढिएको
देशभर १ हजार ४३२ जना संक्रमित निको भए, २ हजार १६९ जनामा संक्रमण पुष्टि

असार २६, काठमाडौं। गत २४ घण्टामा देशभर १ हजार ४३२ जना कोरोना संक्रमित निको भएका छन्।

यो सँगै देशभर निको हुनेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर गरिएको ६ हजार ५३० पीसीआर र ३ हजार ८८७ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार १६९ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ।

उक्त अवधिमा २२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ३६२ पुगेको छ।


प्रतिक्रिया दिनुहोस