बनेपामा एक जनाको मृत्यु हुनेगरी दुर्घटना गराई फरार भएका सवारी चालक पक्राउ

नौलो समाचार संवाददाता
२०७८ अषाढ २६, शनिबार मा प्रकाशित ११३३ पटक पढिएको
बनेपामा एक जनाको मृत्यु हुनेगरी दुर्घटना गराई फरार भएका सवारी चालक पक्राउ

असार २६, काभ्रे। बनेपामा एक जनाको मृत्यु हुनेगरी दुर्घटना गराई फरार भएका सवारी चालक पक्राउ परेका छन्। बनेपामा तरकारी ब्यापार गर्दै आएका दुई जनालाई ठक्कर दिएर भागेको सवारी चालक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ का ३९ बर्षीय दोर्जे शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

शेर्पाले गएको जेठ २४ गते बिहान ४ बजे बनेपा नगरपालिका वडा नम्बर ७ स्थित पुरानो तरकारी बजार अगाडी अरनिको राजमार्ग सडक खण्डमा तरकारी व्यावसाय गर्दै आएका पाँचखाल नगरपालिका वडा नम्बर १ घर भएका ७१ को नन्दकेशर तिमल्सिना र झापा जिल्ला लखनपुर दमक गाउँपालिका वडा नम्बर ८ घरभई बनेपा बस्दै आएकी ३० बर्षीय सबिना बाँनिया राईलाई ठक्कर दिई दुबैजनालाई सख्त घाईते बनाई फरार भएका थिए ।

घाईतेलाई नन्दकेशर तिमल्सिनाको धुलिखेल अस्पतालमा सोहिदिन मृत्यु भएको थियो ।

सबिना बाँनिया राईको सोही अस्पतालमा उपचार भई मिति असार १८ गते डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

फरार रहेका शेर्पालाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय रामेछाप र काभ्रे कार्यालयको सँयुक्त अनुसन्धान टोलीले आफ्नै घरबाट प’क्राउ गरेको हो । शेर्पालाई ज्यान सम्बन्धी कसुर (सवारी ज्यान) मुद्दामा जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी अ’नुसन्धान कार्य भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस