‘अनैतिक राजनीतिक खेलमा सहभागी नहुने’ भन्दै एमाले उपाध्यक्ष भीम रावलद्वारा सांसद पदबाट राजीनामा

नौलो समाचार संवाददाता
२०७८ श्रावण ३, आईतबार मा प्रकाशित ४९६ पटक पढिएको
‘अनैतिक राजनीतिक खेलमा सहभागी नहुने’ भन्दै एमाले उपाध्यक्ष भीम रावलद्वारा सांसद पदबाट राजीनामा

साउन ३, काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद चर्किँदै गर्दा उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिनुभएको छ।

प्रधानमन्‍त्री शेरबहादुर देउवालाई विश्‍वासको मत दिने कि नदिने विवादबीच आज (आइतबार) अपरान्ह उनले राजीनामाको घोषणा गर्नुभएको हो। २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित हुनुभएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै राजीनामा दिनुभएको हो।

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक हुनुहुन्थ्यो।


प्रतिक्रिया दिनुहोस