कोरोनाको तेस्रो लहर फैलिने जोखिम बढेको स्वास्थ्य मन्त्रालयको चेतावनी, लापरवाही नगर्न सर्वसाधारणलाई आग्रह

नौलो समाचार संवाददाता
२०७८ श्रावण ७, बिहिबार मा प्रकाशित ८१० पटक पढिएको
कोरोनाको तेस्रो लहर फैलिने जोखिम बढेको स्वास्थ्य मन्त्रालयको चेतावनी, लापरवाही नगर्न सर्वसाधारणलाई आग्रह

साउन ७, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो ।

मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको जनाएको छ ।

अहिले पनि १० जिल्लामा ५ सय भन्दा बढी र २६ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । खोप केन्द्रहरुमा हुने भिडले पनि संक्रमणको जोखिम बढाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले खोप लगाउन जाँदा आफ्नो पालोमा लगाउन र जनस्वास्थ्यको मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ । तेस्रो लहरको जोखिम बढेकाले अस्पतालका शैया र अक्सिजन चुस्त दुरुस्त राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ति:-


प्रतिक्रिया दिनुहोस