चीनबाट थप ८ लाख डोज खोप काठमाडौं आइपुग्यो, थप ८ लाख डोज लिन शनिबार फेरि बेइजिङ जाने

नौलो समाचार संवाददाता
२०७८ श्रावण ८, शुक्रबार मा प्रकाशित ६३६ पटक पढिएको
चीनबाट थप ८ लाख डोज खोप काठमाडौं आइपुग्यो, थप ८ लाख डोज लिन शनिबार फेरि बेइजिङ जाने

साउन ८, काठमाडौं। चीनबाट आज (शुक्रबार) थप ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो ।

निगमको बिमानले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप लिन बिमान शनिबार फेरि बेइजिङ जाने छ ।

चीनको सिनोफार्म कम्पनीबाट नेपालले खरिद गरेको ४० लाख डोज खोप नेपाल वायुसेवा निगमको विमानले ओसारिरहेको छ ।


प्रतिक्रिया दिनुहोस