काभ्रेमा आज ५६ जना संक्रमित थपिए, ३५ जना निको भए

९२२ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ श्रावण १३, बुधबार मा प्रकाशित ६५५ पटक पढिएको
काभ्रेमा आज ५६ जना संक्रमित थपिए, ३५ जना निको भए

साउन १३, काभ्रे। काभ्रेमा ५६ जना संक्रमित थपिएका छन्। आज (बुधबार) जिल्लाभर ३५ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो।

यस्तै आज जिल्लामा ६४२ जना सक्रिय संक्रमित रहेका छन्।

पालिकाहरु मध्ये सबै भन्दा धेरै सक्रिय संक्रमित पनौती नगरपालिकामा रहेका छन्। क्रमश: पनौती नगरपालिकाभर १६२ जना, धुलिखेलमा १४८, पाँचखालमा ११९, बनेपामा १०८, नमोबुद्धमा ४१, मण्डनदेउपुरमा २४ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि १२ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज काभ्रेमा थपिएका ५६ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट धुलिखेलमा नगरपालिकामा १९ जना, बनेपा ७, पनौतीमा ६, नमोबुद्धमा ३, पाँचखालमा २, मण्डनदेउपुर १, रोशीमा १, महाभारतमा १, तथा एन्टीजेन परिक्षणबाट पनौतीमा ११, नमोबुद्धमा २, बनेपामा २, धुलिखेलमा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १२ हजार ५०० पुगेको कार्यालयले जनाएको छ।

९२२ जनाले लगाए खोप

काभ्रेमा आज विभिन्न पालिकामा गरी जम्मा ९२२ जनाले जोन्सन एण्ड जोन्सनको खोप लागेका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार जोन्सन एण्ड जोन्सनको खोप लगाउनेको संख्या हालसम्म १८ हजार ५१९ जना रहेको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस