देशभर ३३६५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ श्रावण १४, बिहिबार मा प्रकाशित ५५४ पटक पढिएको
देशभर ३३६५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

साउन १४, काठमाडौं। पछिल्लो २४ घण्टामा ३ हजार ३६५ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ५५५ पीसीआर र ४ हजार ६८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९० हजार ६४२ पुगेको छ।

गत २४ घण्टामा १ हजार ३७३ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ।

उक्त अवधिमा १४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ।


प्रतिक्रिया दिनुहोस