साहित्यकार सूर्यप्रसाद लाकोजूको नयाँ कृति ‘मकरको कथा’ सार्वजनिक

नौलो समाचार संवाददाता
२०७८ श्रावण १४, बिहिबार मा प्रकाशित १७५६ पटक पढिएको

साहित्यकार सूर्यप्रसाद लाकोजूको नयाँ कृति ‘मकरको कथा’ सार्वजनिक

साउन १४, काभ्रे। साहित्यकार सूर्यप्रसाद लाकोजूको नयाँ कृति ‘मकरको कथा’ सार्वजनिक भएको छ।
लामो समयदेखि नेपाली भाषा र साहित्य, साहित्यिक पत्रकारितामा सकृय रूपमा साहित्यिक कर्म गर्दै आउनुभएका लाकोजूले पनौतीमा बाह्र वर्षे मकरमेला लाग्ने वर्षको सन्दर्भ मिलाएर बालबालिकालाई लक्षित गरि यो पुस्तक प्रकाशन गर्नुभएको हो।

पनौतीमा बाह्र वर्षमा एक पटक माघ महिनाभर लाग्ने ऐतिहासिक मकर मेला आगामी माघ महिनामा लाग्दै छ।

पुस्तकमा कथाको विषय बस्तु अनुसारको चित्र राखिएका छन । प्रकाश रंजितको चित्र रहेको उक्त पुस्तक आकर्षक देखिन्छ ।

मकरको कथाको अंग्रेजी अनुबाद समेतसँगै प्रकाशन भएको कुरा साहित्यकार सूर्य लाकोजूले बताउनुभएको छ।

दर्जनौ कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका मुक्तक, कविता, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद जस्ता विधामा कलम चलाउँदै आउनुभएको छ।

प्रतिक्रिया दिनुहोस