सानिमा लाइफको आइपीओमा लगानीकर्ताको ओइरो, पहिलो दिन नै माग भन्दा २.२२ गुणा बढी आवेदन

नौलो समाचार संवाददाता
२०७८ श्रावण २०, बुधबार मा प्रकाशित १२२६ पटक पढिएको

सानिमा लाइफको आइपीओमा लगानीकर्ताको ओइरो, पहिलो दिन नै माग भन्दा २.२२ गुणा बढी आवेदन

साउन २०, काठमाडौं। सानिमा लाईफ इन्स्योरेन्सको आइपीओमा माग भन्दा २.२२ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।

त्यसमा ७ लाख २८ हजार ८ सय ४० जना सर्वसाधारण लगानीकर्ताले १ अर्ब २० करोड १८ लाख २६ हजार रकमको १ करोड २० लाख १८ हजार २ सय ६० कित्ता शेयरको लागि आवेदन परेको छ ।

आइपिओमा निष्काशनको पहिलो दिन ५ बजेसम्मको तथ्यांकमा शेयर आवेदन गर्ने आवेदकको संख्या हालसम्मकै सबैभन्दा बढि रहेको छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

यो आइपिओमा साउन २४ गते गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सि आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस