नेपालीहरु आजदेखि युएई जान पाउने, पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य

नौलो समाचार संवाददाता
२०७८ श्रावण २१, बिहिबार मा प्रकाशित ४०२ पटक पढिएको
नेपालीहरु आजदेखि युएई जान पाउने, पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य

साउन २१, काठमाडौं। कोरोनाविरुद्धको खोप लगाएका नेपाली नागरिकहरु आजबाट संयुक्त अरब इमिरेट्स (युएई) जान पाउने भएका छन्।

युएईले आजदेखि लागू हुने गरी नेपालसहित अन्य ५ मुलुकका नागरिकलाई प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ।

त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिले पनि ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य देखाएपछि युएई जान पाउने भएका छन् ।

युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् ।

प्रवेशका लागि उनीहरूले युएई सरकारको अनुमति भने लिनुपर्नेछ । त्यसरी युएई प्रवेश गर्ने व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, युएईको विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने तथा क्वारेन्टिन बस्नुपर्ने नियम लागु गरिएको छ ।


प्रतिक्रिया दिनुहोस