प्रहरी चौकी पनौतीद्वारा १ हजार लिटर घरेलु मदिरा नष्ट

नौलो समाचार संवाददाता
२०७८ श्रावण २१, बिहिबार मा प्रकाशित १२३७ पटक पढिएको
प्रहरी चौकी पनौतीद्वारा १ हजार लिटर घरेलु मदिरा नष्ट

साउन २१, काभ्रे। पनौतीमा अबैद्य रुपमा बेचविखन हुदै आएको घरेलु मदिरा नष्ट गरिएको छ । अबैध मदिराको बेचविखनबाट अपराधिक गतिविधि बढेको भन्दै प्रहरी चौकी पनौतीले एक हजार लिटर मदिरा नष्ट गरेको हो ।
नगरभित्रका विभिन्न मदिरा पसलबाट बरामद गरेको उक्त मदिरा आज (विहीबार) जनप्रतिनिधि, स्थानीयको रोहवरमा प्रहरीले नष्ट गरिएको हो।

प्रहरी चौकी पनौतीका इन्चार्ज प्रहरी नायव निरीक्षक सन्तोष बानियाँले पनौती नगरपालिका वडा न ४, ५, ६ र ९ का ज्यालेपाटी, बसपार्क, ठाडोबाटो, नमोबुद्धरोड, सुन्थान लगायतका भट्टी पसलबाट बरामद गरिएको मदिरा नष्ट गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अबैध मदिरा बिक्री वितरणका कारण अपराधिक घट्नामा बृद्धि भएको, घरायसी झै-झगडाका घट्ना बढेको, महिला हिंसा लगायत घट्नामा बृद्धि भएको गुनासो आएपछि मदिरा नष्ट अभियान सञ्चालन गरेको बानियाँले जानकारी दिनुभयो । उहाँले मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिने पनि बताउनुभयो ।

उहाँले समाजमा शान्ति, अमनचयन कायम गर्नु आफुहरुको कर्तब्य रहेको उल्लेख गर्दै कोहि कसैको व्यवशायमा दखल पु¥याउने चाहना नभएको बताउनुभयो । यद्यपी घरायसी झै–झगडा, महिला हिंसा लगायत घट्नापय न्युनिकरणमा गर्न भने कुनै पनि कसर बाँकी नछाड्ने स्पष्ट पार्नुभयो ।

यसैविच, प्रहरी चौकी पनौतीले सार्वजनिक स्थलमा उम्रिएका ३५० गाँजाका बोट समेत फडानी गरेको छ । हालै स्थानीयको सहयोगमा पनौती नगरपालिका वडा न ४ को ठाडोबाटो, वडा न ५ को बाँसघारी लगायत क्षेत्रका डेढ रोपनी जग्गामा उम्रिएको गाँजाका बोट फडानी गरेको प्रहरी नायव निरीक्षक बानियाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस