काभ्रेमा आज ८४ जना संक्रमित थपिदा, ९८ जना निको भए

२ हजार ३८० जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ श्रावण २१, बिहिबार मा प्रकाशित ४९४ पटक पढिएको
काभ्रेमा आज ८४ जना संक्रमित थपिदा, ९८ जना निको भए

साउन २१, काभ्रे। काभ्रेमा ८४ जना संक्रमित थपिएका छन्। आज (बिहिबार) जिल्लाभर ९८ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो।

यस्तै आज जिल्लामा ८४२ जना सक्रिय संक्रमित रहेका छन्।

पालिकाहरु मध्ये सबै भन्दा धेरै सक्रिय संक्रमित बनेपा नगरपालिकामा रहेका छन्। क्रमश: बनेपा नगरपालिकाभर २०५ जना, धुलिखेलमा १६५, पनौतीमा १५६, पाँचखालमा १३७, नमोबुद्धमा ६७, मण्डनदेउपुरमा ४७ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि २१ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज काभ्रेमा थपिएका ८४ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ३० जना, धुलिखेलमा १५, मण्डनदेउपुरमा ९, पाँचखालमा २, महाभारतमा २, भुम्लुमा १ जना, तथा एन्टीजेन परिक्षणबाट पनौतीमा १५, नमोबुद्धमा ९, बनेपामा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार ९३ पुगेको कार्यालयले जनाएको छ।

२३८० जनाले लगाए खोप 

काभ्रेमा आज विभिन्न पालिकामा गरी जम्मा २ हजार ३८० जनाले भेरोसेलको खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज मण्डनदेउपुरमा नगरपालिकामा १ हजार ६७ जना, पनौतीमा ४४८, महाभारत गाउँपालिकामा ६९३, बेथानाचोकमा १६२ र खानीखोलामा ६२ जनाले खोप लगाएका हुन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप लगाउनेको संख्या १ लाख ३६ हजार ८५३ जना रहेको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस