साउन २२, काभ्रे। शनिबार २३ गते पनौती र खोपासी फिडरका सबै क्षेत्रमा विद्युत बन्द हुने भएका छन्। एक सूचना जारी गर्दै नेपाल बिधुत प्राधिकरण बनेपा काभ्रेले उक्त दिन पनौती र खोपासी फिडरका सबै क्षेत्रमा विद्युत बन्द हुने जानकारी दिएको छ।
साउन १६ गते जारी गरिएको सूचनामा बनेपा-पनौती सडक खण्ड अन्तर्गत खड्पुदेखि आईटी पार्कसम्मको ११ केभीको डबल फिडरका पोलहरू सार्नु पर्ने भएकाले विद्युत सेवा बन्द हुने काभ्रे वितरण केन्द्रले जनाएको छ ।
शनिबार बिहान १० बजेदेखि ६ बजेसम्म विद्युत सेवा बन्द हुने छ। पनौती र खोपासी फिडरका पनौती बजार, कुशादेवी, रोशी बजार, दाप्चा, पर्थली ढुंखर्क लगायतका क्षेत्रमा विद्युत सेवा बन्द हुने छ।
विद्युत सेवा बन्द हुने काभ्रे वितरण केन्द्रद्वारा जारी सूचना
प्रतिक्रिया दिनुहोस