काभ्रेमा आज ५९ जना संक्रमित थपिदा, ७७ जना निको भए

२६५ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ श्रावण २२, शुक्रबार मा प्रकाशित ४८७ पटक पढिएको
काभ्रेमा आज ५९ जना संक्रमित थपिदा, ७७ जना निको भए

साउन २२, काभ्रे। काभ्रेमा ५९ जना संक्रमित थपिएका छन्। आज (शुक्रबार) जिल्लाभर ७७ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो।

यस्तै आज जिल्लामा ८२४ जना सक्रिय संक्रमित रहेका छन्।

पालिकाहरु मध्ये सबै भन्दा धेरै सक्रिय संक्रमित बनेपा नगरपालिकामा रहेका छन्। क्रमश: बनेपा नगरपालिकाभर २१५ जना, धुलिखेलमा १७१, पनौतीमा १४३, पाँचखालमा ११८, नमोबुद्धमा ६९, मण्डनदेउपुरमा ४८ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि २२ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज काभ्रेमा थपिएका ५९ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा २५ जना, धुलिखेलमा १८, पनौतीमा ४, पाँचखालमा २, मण्डनदेउपुरमा १ जना, तथा एन्टीजेन परिक्षणबाट नमोबुद्धमा ६, बनेपामा २, भुम्लुमा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार १५२ पुगेको कार्यालयले जनाएको छ।

२६५ जनाले लगाए खोप

काभ्रेमा आज विभिन्न पालिकामा गरी जम्मा २६५ जनाले भेरोसेलको खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज मण्डनदेउपुरमा नगरपालिकामा १७२ जना, महाभारत गाउँपालिकामा ६२, र खानीखोलामा ३१ जनाले खोप लगाएका हुन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप लगाउनेको संख्या १ लाख ३७ हजार ३७९ जना रहेको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस