देशभर ३ हजार ७२९ कोरोना संक्रमित थपिए, २५ को मृत्यु

नौलो समाचार संवाददाता
२०७८ श्रावण २२, शुक्रबार मा प्रकाशित ३५३ पटक पढिएको
देशभर ३ हजार ७२९ कोरोना संक्रमित थपिए, २५ को मृत्यु

साउन २२, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ४९३ जनाको पीसीआर परीक्षणमा २ हजार ४३० र ६ हजार १८२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार २९९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८८५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस